Subcribe to our RSS feeds Join Us on Facebook Follow us on Twitter Add to Circles
July 15, 2025

April 6, 2014

जति सक्रिय आमा, त्यति नै फूर्तिलो बच्चा

       mother child   
          आमा जति सक्रिय हुन्छन्, उनको बच्चा पनि शारीरिक रुपमा त्यती नै सक्रिय हुने एक अध्ययनले देखाएको छ । ब्रिटेनमा ५०० महिला र उनीहरुका चार वर्षका बच्चामा अध्ययन गरिएको थियो ।

क्याम्ब्रिज र साउथह्याम्पटन विश्वविद्यालयका शोधहरुले अध्ययनका क्रममा सातदिनसम्म मुटुको गति मापन गरेका थिए । पीडियाट्रिक्स जनरलमा छापिएको शोधका भनिएको छ–‘बच्चाको स्वास्थ्य सुधारका लागि बनाइने नीतिलाई आमामा केन्द्रीत गर्नुपर्छ ।’

अध्ययनका अनुसार बच्चा ‘प्राकितिक रुपमा सक्रिय’ हुँदैनन् । जीवनको सुरुवातमै बच्चामा व्यायाम गर्ने बानी विकास गर्नु अविभावकहरुको महत्वपूर्ण जिम्मेजारी हुन्छ ।

अध्ययनका क्रममा साउथह्याम्पटनका ५ सय ५४ चार वर्षका बच्चा र उनीहरुको आमाको एक सातासम्म छातिमा एक एक्सेलोमिटर र हार्ट रेट मोनिटर राखिएको थियो । उनीहरुले यसलाई सुत्दा र पानीमा खेल्दा समेत लगाइरहे ।

शोधको सह नेतृत्व गरेका हाल लण्डनको युनिभर्सिटी कलेजमा इन्स्टिच्यूट अफ चाइल्ड हेल्थकेयरमा रिसर्च एशोसिएट क्याथरीन हेसकेथले भन्छन–‘आमा र बच्चाबाट पाइएको तथ्यांकमा उनीहरुको शारीरिक गतिविधिबीच सिधा र सकारात्मक सम्वन्ध देखिएको छ ।’ उनी थप्छन्–‘आमा जति सक्रिय हुन्छन्, त्यति नै बच्चा पनि हुन्छन् ।’

यद्यपि यो अध्यननमा सक्रिय बच्चा आफ्नो आमालाई आफ्नो पछि आउन बाध्य गर्न सक्छ ? भन्ने प्रश्नका जवाफ सम्भव भएन । तर, एकको सक्रियताले अर्कोलाई प्रभाव पार्नसक्छ ।

जस्तो कि आमा दैनिक एक घण्टाभन्दा बढी सक्रिय हुन्छन् भने उनको बच्चा १० मिनेट सक्रिय हुन्छन् । यो तथ्य सामान्य लाग्न सक्छ तर, एक महिना र वर्षमा हेर्दा उल्लेखनीय हुन्छ ।
_कान्तिपुरबाट

About ""

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Vivamus suscipit, augue quis mattis gravida, est dolor elementum felis, sed vehicula metus quam a mi. Praesent dolor felis, consectetur nec convallis vitae.

Post a Comment

 
Distributed By Free Blogger Templates | Design by Govinda Prasad | BTT