Subcribe to our RSS feeds Join Us on Facebook Follow us on Twitter Add to Circles

माल्टाको बारेमा

माल्टा एक चिनारी

                  बागमती अञ्चल अन्तर्गत ललितपुर जिल्लाका ४१ गा.वि.स. हरुमध्ये माल्टा गा.वि.स. एउटा रमणीय र सुन्दर गाउँका रुपमा चिनिन्छ । पवित्र बागमती नदिले सिंचित बेशीं र माल्टाकै पहराका पानीले भिजाएको समथर फाँटलाई चारैतिरबाट पहाडले घेरिएको माल्टालाई मनमोहक र सानो उपत्यका भन्दा कुनै अत्युक्ति नहोला । यस ठाउँको नाम कसरी माल्टा रह्यो भन्ने सम्बन्धमा विभिन्न व्यक्तिहरुको फरक(फरक मत रहेको पाइन्छ । कुनै समयमा यस ठाउँमा प्रशस्त खुर्सानी उत्पादन हुन्थ्यो, त्यस समयमा काठमाडौंका नेवार समुदायहरु मकवानपुर जिल्लाको ‘W’ आकारको डाँडोमा रहेको नटारम्भेश्वर महादेवको दर्शन गर्न बागमती नदि किनारै-किनार माल्टा हुदै आवत-जावत गर्ने गर्दथे र धेरै खुर्सानी फल्ने भएकाले यस ठाउँलाई नेवारहरुले मल्टा (नेवारी भाषामा खुर्सानीलाई मल्टा भनिन्छ ।) भन्दा(भन्दै पछि अपभ्रंश भइ माल्टा रहन गएको हो भन्ने भनाइ छ साथै तत्कालीन समयमा मकवानपुरको व्यापारिक केन्द्र भिमफेदी बाट ललितपुर र काभ्रे तथा सिन्धुलीका केही भागमा व्यापारका लागि उपभोग्य सामानहरु ओसार(पसार गर्दा सुरक्षित तरिकाले मालताल राख्ने ठाउँ भएकाले यस ठाउँको नाम माल्टा रहन गएको हो भन्ने भनाइ पनि बलियो नै देखिन्छ । यस गा.वि.स.को नाम एक युरोपेली देशको नामसँग मिल्दो भएकाले पनि यो आफैंमा एउटा गौरवान्वित नाम हो । धार्मीक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक रुपले पृथक पहिचान बोकेको हुँदा माल्टामा ठूलो पर्यटकीय सम्भावना पनि पनि रहेको देखिन्छ ।

भौगोलिक अवस्था:

              माल्टा गा.वि.स. बागमती अञ्चल अन्तर्गत ललितपुर जिल्लाको दक्षिण(पश्चिममा अवस्थित छ । यस गा.वि.स.लाई पूर्वमा भट्टेडाँडासँग पहाडी श्रृङ्खलाले, पश्चिममा मकवानपुर जिल्लाको इपा पञ्चकन्या गा.वि.स.सँग पवित्र बागमती नदिले, उत्तरमा घुसेल र देविचौर गा.वि.स.सँग गगनचुम्बी पहाडले र दक्षिणमा प्युटारसँग खानीखोलाले सिमाना छुट्टयाएको छ । बेशीं, टार, समथर फाँट, अग्ला पहाड र भञ्ज्याङ्ग नै माल्टा गा.वि.स.का भौगोलिक विशेषता हुन् । माल्टा गा.वि.स. समुद्री सतहबाट करिब ७१५ दखि २२५० मिटरको उचाइमा अवस्थित छ । यस गा.वि.स.मा ६ वटा स(साना खोल्साहरु बग्ने गर्दछन जसको कुल लम्बाइ लगभग १५ कि.मि. रहेको छ । माल्टाको समथर फाँट बागमती नदिले बगाएर ल्याएर थुपारेको पाँगो माटोले बनेको अनुमान लगाउन सकिन्छ । यो पाँट पहिले बन्ने क्रममा पूर्वी पहाडको फेदैसम्म पैmलिएको र पछि लप्से र खहरे खोलाले पूर्वी पहाड तथा सल्लेलाई माल्टासँग छुट्टयाएको सहजै अनुमान गर्न सकिन्छ ।

धार्मीक तथा सामाजिक अवस्था:

वि.सं. २०५८ सालको जनगणना अनुसार १०६५ महिला र १०६५ पुरुष गरि कुल २१३० जनसंख्या रहेको माल्टा गा.वि.स.मा ३११ घरधुरी रहेका छन् । यस गा.वि.स.मा बाहुन, मगर, दमाई, कामी लगायतका जातिको बसोबास रहेको पाइन्छ । यस गा.वि.स.मा मगर जातिको संख्या उलेख्य भएपनि आफ्नै जातिगत भाषाालाई भने प्रयोगमा ल्याएको पाइदैन । यहाँका सबै जातिका भेषभूषा प्रायस् एकै किसिमका छन् । पुरुषहरुले कमिज, सुरुवाल, कछाड, इष्टकोट, टोपी आदि र महिलाले सारी, चोलो, लुङ्गी ब्लाउज र धोती लगाउने गर्दछन् तथा नयाँपिढींका पुरुषले सर्ट(पाइन्ट र महिलाले कुर्ता(सुरुवाल पनि सबैका लागि समान्य नै भैसकेको छ । माल्टावासीहरु विशेषगरि हिन्दु र बौद्ध धर्म मान्दछन् भने नगन्य मात्रामा इसाई धर्म मान्नेहरु पनि रहेका छन् । नेपालका दशैं, तिहार लगायत राष्ट्रिय चाडहरुलाई माल्टालीहरु प्नि धुमधामका साथ मनाउँदछन् । त्यसैगरि यस गा.वि.स.को मुख्य फाँटमा वैशाखको बुद्ध पूर्णिमाका दिनलाई बारणा पूर्णिमाको रुपमा ३ दिनसम्म घाँस(मेलापात समेत बन्द गरि मनाइन्छ साथै मंसिर पूर्णिमाका दिन चण्डेश्वरी र पौष मसान्तका दिन त्रिखण्डेश्वर महादेवको मन्दिरमा लाग्ने माल्टालीहरुका मुख्य जात्रा हुन् । खानीखोला र बागमती नदिको दाभानमा रहेको राकसदेवी, चण्डेश्वरी महादेव, त्रिखण्डेश्वर महादेव र कालीदेवी यहाँका प्रमुख धार्मीक स्थलहरु हुन् ।
वैवाहिक स्थिती(२०५८):

विवाहित
अविवाहित
एकलविवाह         
बहुविवाह
विधुवा
सम्बन्ध विच्छेद
१५७८

५४१
९६४
४९
१७
आर्थीक अवस्था:

             नेपालको राजधानी काठमाडौं उपत्यकाका तिन जिल्ला मध्ये एक ललितपुरको सदरमुकामबाट करिब ४० कि.मि.को दुरीमा रहेपनि माल्टाको मोटरबाटोसँग सम्बन्ध जोडिएको ३र४ वर्ष मात्र भएको छ । वि.सं. २०१७ सालतिर सञ्चालनमा आएको कान्ति राजमार्ग (हालको कान्ति लोकपथ) यसै गा.वि.स.को वडा नं.२ हुँदै गएको भएतापनि छोटो समयमै बन्द भएकाले माल्टवासीको आर्थीक उन्नतिमा यसले खासै सहयोग पु¥याउन सकेको थिएन । यहाँको अर्थतन्त्रको मुख्य आधार भनेको कृषि र पशुपालन हो । धान, मकै, कोदो, तोरी, जौ, फापर आदि यहाँका मुख्य बालीहरु हुन् भने माल्टामा उत्पादन हुने मास उपत्यका लगायत छिमेकी जिल्लाहरुमा निकै प्रख्यात छ । यहाँको मुख्य व्यवसाय पशुपालन नै हो,यहाँबाट दैनिक करिब ८०० लिटर दुध राजधानी उपत्यका भित्रिने गर्दछ साथै यसका अतिक्ति हाल आएर यहाँका किसानहरु तरकारी उत्पादन, कुखुरापालन र माछापालन व्यवसायतिर पनि आकर्षित भएको पाइन्छ । यहाँ धेरै पहिले तामा प्रशोधन गर्ने उद्योग रहेको कुरा हालसम्म पनि वडा नं.८ को स्कुल रहेको क्षेत्रमा प्रशस्त पाइने किटका टुक्राहरुले पनि प्रमाणित गर्दछ त्यसैगरि राष्ट्रिय उद्योगको रुपमा रहेको लक्ष्मी सिमेन्ट प्रा.लि. पनि माल्टा गा.वि.सं.कै वडा नं.१ मा संचालन हुने तयारीमा रहेको छ । यहाँको मुख्य फाँटका खेतबारीमा बारका लागि लगाइएका र खोलाका बगरमा त्यत्तिकै उम्रिएका सजिवनका बोटहरु प्रशस्तै दखिन्छन्, यसरी हेर्दा माल्टामा सजिवनको व्यवसायिक खेती गर्न सकेको खण्डमा यहाँको आर्थीक विकासमा ठूलो टेवा पुग्ने देखिन्छ । पूर्वाधारको विकास गरि पर्यटकहरुलाई काठमाडौंदखि साइक्लिङ्ग र करिब २००० मिटर उचाइको ढुङ्गेपानी डाँडाबाट तराईको दृश्यावलोकन गराउन सके माल्टाले उन्नतिको बाटो समाउन सक्ने दखिन्छ ।

आर्थीक क्रियाकलाप(२०५८):

आर्थीक रुपमा सक्रिय

आर्थीक रुपमा निष्क्रिय
पुरुष
महिला
पुरुष

महिला
५६१
४३०
२१८ 
३६९
शैक्षिक अवस्था:
यस गा.वि.स.को शैक्षिक अवस्था निकै दयनीय रहेको छ । वि.सं.२०५८ को जनगणना अनुसार माल्टामा २१३० जनसंख्या मध्ये ४३.१९५ साक्षर रहेका छन् । वि.सं.२०१९ सालमा स्थापित कालीदेवि उच्च मा.वि. गा.वि.स. कै ज्येष्ठ विद्यालय हो । यहाँको शैक्षिक विकासमा यस विद्यालयको निकै ठूलो योगदान रहेको छ । यहाँ उच्च शिक्षा हसिल गर्नेहरुको संख्या औंलामा गन्न सकिने अवस्थामा छ ।
विद्यालयहरुको संख्या:
पूर्व प्राथमिक विद्यालय
प्राथमिक विद्यालय
निम्न माध्यामिक विद्यालय
माध्यामिक विद्यालय

शैक्षिक गतिविधी:
लेखपढ गर्न सक्ने
लेखपढ गर्न नसक्ने
पढ्न मात्र सक्ने
पुरुष
महिला
पुरुष
महिला
पुरुष
महिला
४३०
४९०
५९४
५८१
१८
१७

जम्मा भर्ना भएका विद्यार्थी
विद्यालय उपस्थित हुने
विद्यालय उपस्थित नहुने
९२४
छात्र
छात्रा
छात्र
छात्रा
१७४
२३३
२२३
२९४

Post a Comment

अन्तिम पोस्ट

 
Distributed By Free Blogger Templates | Design by Govinda Prasad | BTT