यस गाविसमा भएको एकमात्र गाविसकै जेष्ठ विद्यालयको रुपमा स्थापित विद्यालय हो – श्री काली देवी उच्च माध्यामिक विद्यालय । गाँउको नामाकरणमा मत मतान्तर भए पनि विद्यालयको नामाकरणमा कुनै पृथक मत देखिदैन् । स्थानिय एक मात्र चर्चित काली देवी मन्दिरको नामबाट नामाकरण भएको विद्यालयको बेग्लै पहिचान छ । प्रत्येक वर्षको बुद्ध पूर्णिमालाई यहाँ बारना पूर्णिमाको नामले मनाइन्छ । यदि यो संस्कृति र संस्कारको अपहेलना गरे अनिष्ट व्यहोर्न पर्छ भन्ने उक्तिको कुनै समयमा प्रमाणित पनि भएको थियो ।
यसरी यो विद्यालयको नामाकरण स्थानीय देवीको नाममा त भयो तर स्थापना कसले ग¥यो ? यस विषयमा कुनै मत भिन्नता छैन– हाम्रा अति आदरणीय शिक्षाप्रेमी, समाजसेवी संस्थापक अध्यक्ष श्री नन्दलाल खनाल ज्यू हुनु हुन्छ । उहाँको यति ठूलो दूरदृष्टि, दीर्घसोच, उज्जवल भविष्यको कामनाबाट स्थापित यस विद्यालयका प्रथम प्र.अ. भने पूर्णचन्द्र लामिछाने शिक्षण तथा प्रशासनको वागडोर सम्हालने पहिलो व्यक्तित्व हुनुहुन्थ्यो । श्रद्धेय संस्थापक अतिआदरणीय अभिभावक श्री नन्दलाल खनाल ज्यूबाट जुन अमृतमय वृक्ष रोप्नुभयो त्यसको अमृतरुपी फलाहारबाट हामी सम्पूर्ण माल्टाबासी युग युगान्त आभारी र ऋणी हुने छौ । उहाँको सोच, सुकार्य जस्ता कुराको जति नै वर्णन गरे पनि अपूर्ण नै हुनेछ । ०१९ को असार त्यो कसरी स्थापना भयो भन्दा यस विषयमा केही चासोका विषयहरु छन् । ०१५÷१६ सालतिर राजा महेन्द्र कान्तिराज मार्गको पैदल सवारी हुँदा सुन्दर रमणीय गाँउको दृश्यावलोकन भएकोले पनि त्यस स्थानमा विद्यालय खोल्ने अनुमति दिएको देखिन्छ । त्यतिमात्र कहाँ होर जव २००७ मा राणाशासनले आफ्नो निरङ्कुशताको शासन पद्धतिबाट घुँडा त टेक्यो तर नेपाली जनमानसमा उत्ताउलोपना देखिनुले शिशु प्रजातन्त्रको पनि १० वर्षे कलिलो उमेरमा घाँटी अठ्याएको देखिन्छ । यही परिणाम स्वरुप पनि राजा महेन्द्रले जनताको मुखमा चारो छर्ने वाहना स्वरुप नेपालका विभिन्न स्थानमा धेरै विद्यालय खुलेका थिए र त्यही परिणाम स्वरुप यस विद्यालयको जग वसेको हुन सक्ने सम्भावना पनि त्यतिकै छ ।
जव ०१९ सालमा यो विद्यालय स्थापना भयो, विधिवत न्वारान त भयो तर हुर्काउने बढाउने कहाँ र कसरी ? अहिले बनेको २ कोठे पक्की भवन भएको स्थानमा नै कटुसको स्याउलाले वारेर छाएको छाप्रोमा सिलेटमा सेतो खरीले कोरेर विद्यालय आरम्भ भएको थियो । गाँउघरबाट अन्नबाली सहयोग मागेर काठपात सहयोग लिएर यस विद्यालय अगाडि बढेको देखिनछ । तत्कालिन संस्थापक अध्यक्ष ज्यूलाई सहयोग गर्ने अमर बहादुर घर्ती, एक बहादुर घर्ती, गोकुलनाथ लामिछाने, ऋषि ढोडारी, शम्मुप्रसाद लामिछाने, बद्री प्रसाद लामिछाने, रुद्रनाथ लामिछाने जस्ता स्थानिय व्यक्ति विशेषको योगदान रहेको पाइन्छ । २०२३ सालमा त्यस वि. व्य. स. अ. श्री शम्भु प्रसाद लामिछाने छनौट हुनुभयो, उहाँको पहलमा विद्यालयले अर्को काँचुली फे¥यो । ०२३ सालमा उहाँले बागडोर हातमा लिएपछि तत्कालिन प्र.म. श्री सूर्य बहादुर थापा कहाँ सहयोगका लागि विन्ति गर्दा चासो नदिएको र आफ्नै गाउँटोलबाट मागीझोली काम चलाउनु भन्ने आदेशले त्यस गाउँपट्टि हेर्ने सरकारी दृष्टिकोणको उपेक्षा स्पष्ट हुन्छ । २०२८ मा नयाँ शिक्षा ऐन लागू भए पछि अन्तमा केही राहत भएको कुरा तत्कालिन प्र.अ. श्री शिवहरि चालिसे बताउनु हुन्छ । २०२३ वाट २ दशक व्यवस्थापनको जिम्मवारी सम्हालनु भएका श्री शम्भु प्रसाद लामिछाने कै कार्यकालमा ०३२ वाट यस विद्यालयले कक्षा ५ सम्म सञ्चालन गर्ने स्वीकुति पायो जसमा तत्कालिन प्र.अ. श्री होम प्रसाद घिमिरेको उल्लेख्य योगदान रहेको कुरा स्थानीय बासिन्दा बताउँछन् । सयका लट्ठी एकका भारी भने झै हरेक घर¬(घरको मुठी, मानो, पाथी, मुरीको दानबाट र एक खिल्ली चुरोटका भरमा पनि विद्यालयले ठूलो सहयोग पाएको विद्यालयले ०४३÷०४४ सालतिर शम्भूप्रसाद लामिछाने जिल्ला पञ्चायत उपसभापतिको जिम्मेवारी पाए पछि विद्यालयलाई दिने समय भएन र फलतः ऋषि ढोडारी ज्यू यस वि.व्य.स.अ. बन्नु भयो ।
२०४४ को वसन्त संगै यस विद्यालयले निम्न माभ्यमिक कक्षा ७ सम्म सञ्चालन गर्ने स्वीकृति पायो । यसरी तहगत रुपमा बृद्धि सगै यस विद्यालयको भौतिकरुपमा पछि खर¬(परालको छाना र बार¬(बेरवाट मुक्त हुदै सेतो छाना र ढुङ्गाको गाह्रोमा परिणत भएको देखिन्छ । यसरी यस विद्यालयको व्यवस्थापन समितिमा ऋषि ढोडारीको कार्यकाल पछि रुद्रनाथ लामिछाने छनौट हुनु भएको थियो । २०४८ साल पछि यस वि.व्य. समिति अध्यक्ष श्री घननाथ घिमिरे रहनु भएको देखिन्छ, । ०५३ सालमा तत्कालिन प्र. अ. श्री वहत्तरलाल राजथला र अध्यक्ष श्री धननाथ घिमिरे तथा स्थानीयवासीको सक्रिय सहयोगमा माध्यमिक तहको अनुमति समेत प्राप्त गरि २०५४ मा प्रवेशिका परीक्षामा सामेल हुने सु–अवसर समेत प्राप्त ग¥यो । उहाँको कार्यकाल पछि क्रमशः बलबहादुर लामिछाने र माधव प्रसाद घिमिरे यस श्री काली देवी उच्च माध्यमिक वि. व्यवस्थापन समितिको जिम्मेवारी सम्हाल्नु भएको कुरा अभिलेखबाट स्पष्ट हुन्छ । २०६४ वाट यस वि.व्य.स. अध्यक्ष श्री केदार नाथ घिमिरेको हातमा पुगेको देखिन्छ । झण्डै ३ दशक सम्म अस्तव्यस्त भएको र अभिलेखिकरणमा दिलचस्पी नगएको विद्यालयको जिम्मेवारी प्र.अ. जगन्नाथ घिमिरेको हातमा पुगेपछि विद्यालयले काँचुली फेर्ने जमर्को ग¥यो । प्राथमिक तहका ५ जना र निम्न माध्यामिक तहका २ जना गरि जम्मा ७ जना शिक्षकबाट मात्र सञ्चालन भएको यस यस विद्यालयमा माध्यामिक तह सञ्चालन गर्न शिक्षकहरुले दिएकोे योगदान पनि अतुलनीय नै छ ।
उच्च माध्यमिक विद्यालय सञ्चालनको प्रसङ्ग पनि अलि रोचक र घोचक नै छ । हामी बहिरबाट गएर काम गर्ने शिक्षकहरु बिदाका समयमा मात्र नभई कक्षा छुट्टी भएपछि पनि भावी योजना निर्माण र स्तर उन्नतिका बारेमा छलफल गथ्र्यौ । कतिपय स्थानियका आँखा ठूला बन्दथे र काम नभएकाको जमात भन्ने व्यङ्ग्य हुन्थ्यो । भौतिक र शैक्षिक तथा प्रशासनिक पक्ष सुधार गर्न हामीले जिम्मेवारीको बाँडफाँड पनि हुन्थ्यो । हामीले यस्ता सुधारका काम गर्दा कतिले थुकको डोरी त कतिले मनको लड्डु ध्यू सँग र कतिले विद्यालय खरानी भयो भन्ने समेत आक्षेप लगाए । सायद त्यही खरानीमा भएको झिल्कोले आज न्यानो पारिलो ताप र उज्यालो पाएको होला । त्यही झिल्को आज झल्झलाकार वल्ने दियो जो न्यानो शिक्षाको ज्योति दिएर प्रज्वलित भइरहेको छ । प्रत्येक हप्ता शनिबार शिक्षकहरुका लागि सरसफाइ र फूसर्द लिने दिन भएतापनि स२०६६र०८र१३ गतेको शनिबार भने माल्टाका लागि सुनौलो दिनका रुपमा परिणत भयो । बिहानको खानपान गरेर १० वजेतिर डेस्कबेन्चका लागि मुढो काट्न जाने योजना भयो र हामी गयौ पनि । भावीयोजनाका वारे छलफल गर्दै गयो । उच्च मा.वि.को प्रस्ताव दिनेश जीले गर्नुभयो । म (कृष्ण) लगाएत जगन्नाथ घिमिरे, विद्यास।गर, वाबुराम शर्मा र अर्जुन सिंखडाले सहमति जनाउनु भयो । यसको कानुनी र व्यवहारिक समस्या समाधानको प्रक्रियामा गयौं । २०६६ पौष १५ गते हामीले गाँउस्तरीय भेला गर्ने निधो ग¥यांै र सोही अनुरुप भयो पनि केही व्यक्ति विशेषवाट पूर्ण सहयोगको भाषा वोल्नु भयो भने केहीबाट यहाँ ं२ कि (२ भन्ने तर्क पनि आए र अघोषित रुपमा रखाए । (२ गर्दा आफंै सर्वेसर्वा हुने अभिलाषा होला । सोही अनुरुपको पूर्ण खेल प्रवेशिका परक्षिाको मुखमा १० कक्षाका विद्यार्थीको प्रमाणपत्र सामूहिक मागको पत्रलाई त्यससमयको बोलिले प्रमाणित गरेको थियो ।
हामीलाई झन त्यस कुराले उर्जा मिल्यो फलतः २०६६ बाट हामी धरौटी र कानुनी प्रक्रियामा सक्रिय भयौ । त्यस समयका वि.व्य.स.अ. श्री केदारनाथ घिमिरे, प्रधानाध्यापक जगन्नाथ घिमिरे र शिक्षक प्रतिनिधिको हैसियतवाट म आफु पनि आ–आफ्नो क्षेत्रमा अगाडि बढ्यौ भने हाम्रा अति आदरणीय र सहयोगी मित्र शिक्षक, अभिभावक र विद्यार्थीको सहयोगबाट २०६७ बाट उच्च माध्यमिक विद्यालय सञ्चालनका लागि अनुमति र २०६७÷०४÷२० बिहिवार बाट त उच्च माध्यमिक तर्फ कक्षा ११ को शिक्षा शास्त्र सङ्काय र व्यवस्थापनको कक्षा सञ्चालन भयो । आशा छ, अबको केही समयमा नै स्नातक तहको सञ्चालनका लागि पूर्वाधार खडा हुनेछ । शिक्षामा ललितपुरको दक्षिण पश्चिम कुनोले उज्यालो प्रकाश प्राप्त गर्ने छ । शैक्षिक क्षेत्रमा अर्को इतिहासको पाटो कोरिने छ । आशा छ, चाँडै यस विद्यालयले सुनको गजुर राख्ला ।
सम्वत –२०६८÷१२÷१५÷४ शुभम्
कुष्ण प्रसाद घिमिरे