Subcribe to our RSS feeds Join Us on Facebook Follow us on Twitter Add to Circles

April 6, 2014

जति सक्रिय आमा, त्यति नै फूर्तिलो बच्चा

       mother child   
          आमा जति सक्रिय हुन्छन्, उनको बच्चा पनि शारीरिक रुपमा त्यती नै सक्रिय हुने एक अध्ययनले देखाएको छ । ब्रिटेनमा ५०० महिला र उनीहरुका चार वर्षका बच्चामा अध्ययन गरिएको थियो ।

क्याम्ब्रिज र साउथह्याम्पटन विश्वविद्यालयका शोधहरुले अध्ययनका क्रममा सातदिनसम्म मुटुको गति मापन गरेका थिए । पीडियाट्रिक्स जनरलमा छापिएको शोधका भनिएको छ–‘बच्चाको स्वास्थ्य सुधारका लागि बनाइने नीतिलाई आमामा केन्द्रीत गर्नुपर्छ ।’

अध्ययनका अनुसार बच्चा ‘प्राकितिक रुपमा सक्रिय’ हुँदैनन् । जीवनको सुरुवातमै बच्चामा व्यायाम गर्ने बानी विकास गर्नु अविभावकहरुको महत्वपूर्ण जिम्मेजारी हुन्छ ।

अध्ययनका क्रममा साउथह्याम्पटनका ५ सय ५४ चार वर्षका बच्चा र उनीहरुको आमाको एक सातासम्म छातिमा एक एक्सेलोमिटर र हार्ट रेट मोनिटर राखिएको थियो । उनीहरुले यसलाई सुत्दा र पानीमा खेल्दा समेत लगाइरहे ।

शोधको सह नेतृत्व गरेका हाल लण्डनको युनिभर्सिटी कलेजमा इन्स्टिच्यूट अफ चाइल्ड हेल्थकेयरमा रिसर्च एशोसिएट क्याथरीन हेसकेथले भन्छन–‘आमा र बच्चाबाट पाइएको तथ्यांकमा उनीहरुको शारीरिक गतिविधिबीच सिधा र सकारात्मक सम्वन्ध देखिएको छ ।’ उनी थप्छन्–‘आमा जति सक्रिय हुन्छन्, त्यति नै बच्चा पनि हुन्छन् ।’

यद्यपि यो अध्यननमा सक्रिय बच्चा आफ्नो आमालाई आफ्नो पछि आउन बाध्य गर्न सक्छ ? भन्ने प्रश्नका जवाफ सम्भव भएन । तर, एकको सक्रियताले अर्कोलाई प्रभाव पार्नसक्छ ।

जस्तो कि आमा दैनिक एक घण्टाभन्दा बढी सक्रिय हुन्छन् भने उनको बच्चा १० मिनेट सक्रिय हुन्छन् । यो तथ्य सामान्य लाग्न सक्छ तर, एक महिना र वर्षमा हेर्दा उल्लेखनीय हुन्छ ।
_कान्तिपुरबाट

कान्तिराजपथ टाटासुमोको वैकल्पिक मार्ग बन्ने

            हेटौँडाबाट ठिङ्गन हुँदै ललितपुर जोड्ने ९० किलोमिटर लम्बाइको कान्तिराजपथ टाटासुमो सञ्चालनका लागि तयारी अवस्थामा रहेको जिविस मकवानपुरले जनाएको छ ।
शनिबार यो बाटो हुँदै व्यक्तिगत एक टाटासुमो गुडेपछि जिविसले अन्य टाटासुमो पनि सञ्चालन गर्न सकिने जनाएको हो ।
जिविस मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले गाविसले पनि कान्तिराजपथको खाल्डाखुल्डी पुरेर टाटासुमो सञ्चालनका लागि योग्य बनाएको भन्दै यो मार्गलाई कुलेखानी मार्गको वैकल्पिक मार्ग बनाउन सकिने बताउनुभयो । उहाँका अनुसार हेटौँडा-कुलेखानी-काठमाडौँको दूरी ८० किलोमिटर र हाल टाटासुमो सञ्चालन भइरहेको त्रिभुवनराजपथको दूरी १३२ किलोमिटर छ भने हेटौँडा-ठिङ्गन-काठमाडौँ चल्ने कान्तिराजपथको दूरी ९० किलोमिटर रहेको छ ।
_कान्तिपुरबाट

March 26, 2014

नपुंसकता

हालै गरिएको एक अध्ययनले बदलिँदो जीवनशैली तथा खानपानको गलत बानी नपुंसकता हुने मुख्य कारण बताएको छ। त्यसका अतिरिक्त मधुमेह, प्यारालाइसिस, हार्मोनको असन्तुलन, अल्कोहल बढी सेवन गर्नु पनि नपुंसकताको प्रमुख कारण हो। विशेषज्ञहरूका अनुसार निकोटिन, एन्टी डिप्रेस, स्लिपिङ ट्याबलेट आदि सेवन गर्दा पनि नपुंसकताको सम्भावना हुन्छ। 

के खाने ? 

सी फुड, मासु, अण्डा, दूध, ओखर, काजु, बदाम एवं अन्न आदि प्रशस्त जिंक भएका खानेकुरा खानुपर्छ। विशेषज्ञहरूका अनुसार जिंक प्रजनन् क्षमता बढाउन सहयोगी हुन्छ। यो पुरुषको यौन स्वाथ्यका लागि बढी आवश्यक छ। 

के नखाने ? 

सेचुरेटेड फ्याटयुक्त खानेकुरा एवं अल्कोहल खानुहुँदैन। चिकित्सकको सल्लाहबिना निकोटिन वा कुनै पनि औषधि सेवन गर्नुहुँदैन।

_नारी बाट

March 23, 2014

माया गरौं मृगौलालाई

helth

             हामी नेपाली रोगबारे अपेक्षित रूपमा जागरुक रहने गर्दैनौं । तैपनि, अरू रोगहरूबारे जति सचेत रहन्छौं, त्यति पनि चिन्ता मृगौलाको गर्दैनौं । विशेषज्ञहरू यस्तै भन्छन् । मृगौलालाई गम्भीर रूपमा केही भए घरबार जान सक्छ, जिन्दगी तलमाथि हुन सक्छ । विशेषज्ञहरू भन्छन्— वर्षेनि एकै पटक मृगौलाको कार्य क्षमता परीक्षण गराउँदा पनि यो रोगबाट धेरै हदसम्म जोगिन सकिन्छ ।

तर, उनीहरू गुनासो गर्छन्— आम नेपाली त्यति पनि गर्दैनौं । मानौं, हामी मृगौला रोगको प्रत्यक्ष लक्षण कुरेर बसेका हौं ।

'आम नेपालीले उच्च रक्तचाप, मधुमेह लगायत रोगबारे अलिक जागरुक रहे पनि मृगौलालाई माया मार्ने गरेका छन्,' राष्ट्रिय मृगौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषि काफ्ले भन्छन्, 'मृगौलाबारे यथार्थ जानकारी नभएकाले पनि यस्तो भएको हुन सक्छ । संयमित जीवनशैली अपनाउँदा र निरन्तर परीक्षण गर्ने गर्दा मृगौला रोगबाट बच्न सकिन्छ ।'

मृगौला बिगि्रनुको मुख्य कारण आधुनिक जीवनशैली हो । असंयमित खानपान, बढ्दो तनाव, व्यायाम वा शारीरिक श्रमको अभाव, मोटोपन, धूमपान, जंक फुड, पेन किलरको अत्यधिक उपयोगसमेत मृगौलालाई रोगी बनाउने थप कारक हुन् ।

उपर्युक्त कारणले विस्तारै रक्तचाप बढ्दै जान्छ । उच्च रक्तचापका कारण रक्तनलीहरूमा नोक्सान पुग्न थाल्छ । मधुमेह पनि भएको छ भने उच्च रक्तचापले रक्तनलीहरूमा झन् धेरै क्षति पुर्‍याउँछ । मधुमेह हुँदा रगतमा चिनीको मात्रा निकै बढ्न थाल्छ, जसले गर्दा मृगौलामा रहेको सानो रक्तवाहिनीमा नोक्सानी पुग्छ । डा. काफ्ले सुझाउँछन्, 'मृगौला बचाउन उच्च रक्तचापबाट जोगिनुस् । आफ्नो रक्तचाप सामान्य स्तरमा राख्ने गर्नुस् ।'

मूत्रथैलीको संक्रमणबाट जोगिएर समेत मृगौलालाइ बचाउन सकिन्छ । मूत्रथैलीको संक्रमणले गर्दा बारम्बार पिसाब फेर्न मन लाग्छ । घटीमा प्रत्येक १५ देखि ३० मिनेटको अवधिमा यस्तो महसुस हुन सक्छ । पिसाब फेर्न असजिलो हुन सक्छ । कहिलेकाहीँ पिसाबमा रगत पनि आउन सक्छ ।

डा. कापmलेका अनुसार, मृगौलामा संक्रमण भए कम्मरको पछाडि भाग दुख्न थाल्छ, चिसोले सताउँछ, ज्वरो तीव्र आउँछ, बारम्बार धमिलो पिसाब आउने गर्छ । भन्छन्, 'यस्ता लक्षण देखिए तुरुन्त डाक्टरकहाँ पुगिहाल्नुपर्छ ।'

पिसाबबाट प्रोटिन बग्न थाल्नु मृगौला रोगको गम्भीर लक्षण हो । यो समस्याको बेलैमा उपचार गरिए निको हुने दर ९५ प्रतिशतसम्म हुन्छ ।

त्यसैले पिसाबबाट प्रोटिन चुहिने समस्याको पहिचान समयमा नै गर्न सकिए मृगौला पूर्णरूपमा बिगि्रने अर्थात् फेर्नैपर्ने अवस्थामा पुग्ने समयलाई पर सार्न सकिन्छ ।

मृगौलामा क्षति हुने क्रम चल्दै रहे पनि यसले काम गर्न धेरै हदसम्म नछाडुन्जेल यो बिगि्रएको थाहा हुन्न ।

अरू प्रारम्भिक लक्षणलाई छाडिदिने हो भने, बेलाबेलामा परीक्षण नगराउने हो भने, मृगौला ८५ देखि ९० प्रतिशतसम्म बिगि्रसकेपछि मात्र यसबारे पत्तो पाउने गरिन्छ । यो अवस्थामा कि डायलासिस कि त प्रत्यारोपणको विकल्प मात्र रहन्छ । 'यो यस्तो अवस्था हो, जसको पूर्ण उपचार हुन्न,' डा. काफ्ले भन्छन्, 'मृगौला बिगि्रने गतिलाई कम मात्र गर्न सकिन्छ ।'

मृगौला रोगका लक्षणः अनुहार र खुट्टा सुन्निनु, भोक कम लाग्नु, वाक्वाकी लाग्नु, छिट्टै थाक्नु, शरीरमा रगतको कमी हुनु, कम उमेरमा उच्च वा अनियन्त्रित उच्च रक्तचाप हुनु, कम्मरको तल्लो भागमा दुख्नु, पिसाब धमिलो वा रातो हुनु, पिसाब लागिरहनु ।

मृगौला स्वस्थ राख्न के गर्ने ?

    सधैं व्यायाम गर्नुस् ।

    मधुमेहलाई नियन्त्रित राख्नुस् । यसले मृगौला बिगार्छ ।

    उच्च रक्तचाप मृगौलाको दोस्रो शत्रु हो ।

    तौल सन्तुलित राख्नुस् ।

    नियमित रूपमा मृगौला परीक्षण गराउनुस् ।

    धूमपान वा सुर्तीको उपयोग नगर्नुस् ।

    चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि नखानुस् ।

    दिनहुँ करिब तीन लिटर पानी खाने गर्नुस् ।

    नुन कम खाने गर्नुस् ।

    तारेका खाद्यपदार्थ भरसक नखानुस् ।


(इ-कान्तिपुर बाट)

March 22, 2014

मह : खान जान्दा अमृत, नजान्दा विष

honey     
         प्रकृतिको अमूल्य उपहार हो मह । आयुर्वेद र एलोप्याथी दुबैमा महको योगदान छ । औषधि, सौन्दर्य प्रशाधन र दैनिक आहारमा महको उपभोग महत्वपूर्ण मानिएको छ । यसको प्रतिकूल असर छैन, खानेवित्तिकै ऊर्जा पाइने तयारी आहार हो मह ।

तर यसको सेवन गर्ने पनि नियम जाने अमृतसरह फाइदा हुन्छ नजाने विष । पतञ्जली योगपीठ, हरिद्धारका आयुर्वेदविज्ञ आचार्य बालकृष्णले मह सेवन विधि र नियम उल्लेख गरेका छन् ।

-अम्बा, अंगुरजस्ता अमिलो फलको साथ मह खानु अमृतसमान हुन्छ ।

-चिया र कफीको साथ मह विषसमान हुन्छ ।

-महलाई आगोमा कहिलेपनि तताउनु वा उमाल्नु हुँदैन ।

-माछा, मासुसित मह खानु विष खाएसरह हुन्छ ।

-महमा पानी वा दूधको बराबर मात्रा खानु पनि हानिकारक हुन्छ ।

-चिनीमा मह मिसाउनु विषमा अमृत हालेसरह हुन्छ ।

-घिऊ, तेल, नौनीसित मह मिसाएर खानु विषसमान हुन्छ । -

घिऊ र महको समान मात्रा कदापि खानु हुँदैन ।

-मौरीले विभिन्न वनस्पतिको परागबाट मह बनाउँछ । त्यसैले वनस्पतिको स्रोतअनुसार महको औषधीय गुण पनि अलग-अलग हुन्छ । जस्तो, नीमको स्रोतबाट बनेको मह आँखाको लागि, जामुन मधुमेह, हृदय, वात, रक्तचाप रोगको लागि फाइदाजनक हुन्छ ।

-वसन्त ऋतुमा विकसित वनस्पतिको परागबाट निर्मित मह सर्वोत्कृष्ट हुन्छ । सहर वा घरआँगनमा फुलेको वनस्पतिको तुलनामा जंगली वनस्पतिकोे मह सबभन्दा राम्रो हुन्छ ।

-मह सेवन गर्ने बित्तिक्कै तातो पानी पिउनु हुँदैन ।

-मोटोपना नियन्त्रण गर्न मनतातो दूधमा एक चम्चा मह घोलेर नियमित खान सकिन्छ ।

-निकै गर्मी वा धापिएर आएको बेला मह खाँदा हानिकारक हुन्छ ।ण्

-महको तापीय विशेषता गज्जबको हुन्छ । तातो चिजसँग खाँदा तातो र चिसो चिजसँग चिसोपना पैदा गर्दछ । त्यसैले मौसम र आवश्यकताअनुसार मह सेवन गर्नुपर्दछ ।

-महको ज्यादा उपभोग पनि हानिकारक हुन्छ । यसबाट अतिसारजस्ता रोगले सताउँछ, जसको निराकरण निकै कठिन हुन्छ ।

-एकै पटक धेरै मह खानु राम्रो हुँदैन । दिनमा दुईतीन चम्चासम्म मह खान मिल्छ । एक पटकमा केटाकेटीले २५ ग्राम र वयस्क मानिसले ५० ग्रामसम्म मह सेवन गर्नुपर्छ ।

-मह खाँदा कुनै अप्ठ्यारो महसुस भएमा कागती, निबुवा खाए आराम हुन्छ । अथवा, एक ग्राम धनियाँको धूलो र २० ग्राम अनारको रस मिसाएर खाँदा पनि राहत मिल्छ ।

-बढिरहेको ज्वरोमा दूध, घिऊ र मह सेवन विषसमान हुन्छ ।

-यदि कसैले विष सेवन गरेको छ भने त्यो बेला मह खुवाउँदा विषको प्रभाव अझ बढेर मृत्युनजिक बनाउँछ ।

(अनलाइनखबर बाट)

March 15, 2014

कृषिले बिर्साएको वैभव


जागिरमै नपुग्दो केही थिएन, अजितकुमार लाल कर्ण, ३०, लाई। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सर्च फर कमन ग्राउन्डबाट पौने लाख रुपियाँभन्दा बढी बुझ्थे मासिक। जेपी गुप्ता र उपेन्द्र यादवजस्ता मधेसवादी नेताका निकै निकट रहेर काम गरेका उनका लागि विद्यार्थी राजनीतिमा पनि उत्तिकै सम्भावना थियो। एकातिर गजबको जागिर, अर्कातिर राजनीतिक सहभागिता। कलिलै उमेरमा पाएको उपलब्धिबाट उनका घरपरिवार-साथीभाइ सब दंग थिए। तर, एक्कासि उनले सबथोक त्यागिदिए। आईएनजीओ, विद्यार्थी राजनीति अनि सहर पनि। झन्डै दुई वर्ष भूमिगतजस्तै भए। 'केटोको मगज खुस्किएछ' भन्नेहरू हावी भए, घरपरिवार खुसी हुने त कुरै भएन।

उनलाई के लागेछ भने आफूसँग जे छैन, त्यसैका लागि गरबि बनिरहेका छौँ हामी। तर, भएका कुरालाई सदुपयोग गरेर धनी बन्न भने सिकेकै छैनौँ। कृषिप्रधान देशमा सम्भावना कृषिमै हो भन्ने त बुझेका थिए, व्यवस्थापन विषयमा स्नातकोत्तर यी युवाले। तर, के गर्ने थाहा थिएन, न त उनलाई, न साथ लागेका साथीहरूलाई नै। झन्डै दुई वर्ष डेढ दर्जनभन्दा बढी जिल्लाका कृषि फर्म घुमेछन्उनी । आखिर सप्तरीका अजितलाई छेवैको जिल्ला धनुषाले मोहनी लगायो। १० कट्ठा जमिनबाट सुरु भएको गाई तथा कृषि फर्म अहिले झन्डै साढे दुई बिघामा विस्तार हुने क्रममा छ।

उद्यमशीलताले सामाजिक सुरक्षामा पनि कति सघाउँदो रहेछ भन्ने उदाहरण नै बनेको छ अजितको कृषि फर्म। कुरा के भने, धनुषा र महोत्तरी जिल्लाको सिमानामा पर्ने बिन्धी गाउँमा छ, उनीहरूको नन्दिनी कृषि फर्म। ठाउँ कस्तो भने एकलासको, लुटपाट भइरहने, यदाकदा हत्याका घटना पनि भएका। तर, भर्खरका पट्ठो 'चुल्ठेमुन्द्रे'हरूले असुरक्षालाई चुनौती दिँदै कृषि फर्म खोलेपछि अपराधीहरू हच्किए। अजित सम्झन्छन्, "यता हामी उनीहरूको डरले रात परेपछि फर्मबाटै निस्कन्नथ्यौँ, उता उनीहरू पनि केटाहरूले अड्डा जमाएका छन् भनेर आउन हच्किँदा रहेछन्।"

फर्म सुरु गर्दा ७२ हजारमा गाई किनेर ल्याएका रहेछन्। अचम्म के भएछ भने फर्ममा ल्याएपछि नन्दिनी नामको त्यो गाईले दिनकै २४ लिटरभन्दा बढी दूध दिन थालिछन्। फर्मको ५० प्रतिशत खर्च त नन्दिनीले नै धानिने भयो। उनीहरू पनि के कम, फर्मको सबै सम्पत्ति नन्दिनीकै नाममा गरििदए। चार जना युवा फर्मका सञ्चालक बसे। अहिलेसम्म पनि लगानी खासै थपेका छैनन्, केवल भएको आम्दानीलाई पुनः लगानी गर्छन्उनीहरू । अहिले पनि धेरै दूध दिने नन्दिनीले नै हो। अजित भन्छन्, "फर्मको मालिक त नन्दिनी नै हो, हामी त केवल उनका सेवक हौँ।"

जनकपुरको विश्वकर्मा चोकमा नन्दिनी फर्मको आउटलेट छ। हरेक दिन बिहान र बेलुकी दुईपटक ताजा दूध आउटलेटमा पुग्छ। चल्तीको भाउ प्रतिलिटर ६० रुपियाँ भए पनि उनीहरू पाँच रुपियाँ महँगो लिन्छन्। तर, एक घन्टा बित्दा नबित्दै सबै दूध बिकिसक्छ। फर्ममा उब्जिने तरकारीको पनि उस्तै माग छ। पहिले आफ्ना उत्पादन बेच्न घरघर पुग्ने उनीहरूलाई अहिले माग धान्नै भ्याइनभ्याइ छ। अजित भन्छन्, "गुणस्तर दिन सक्ने हो भने बजारले नै उत्पादन खोज्ने बेला छ अहिले।"

रमाइलो के भने फर्मका गोठदेखि घरसम्म आफैँले बनाएका रहेछन्। सिमेन्ट घोल्नेदेखि पर्खाल ठड्याउने काम पनि आफैँ मिलेर गरेछन्। अहिले पनि भकारो सोहोर्नेदेखि गाई दुहुने कामसमेत आफैँ गर्छन्। यही मिहिनेतका कारण कृषि फर्म स्थानीय बालीसम्बन्धमा अनुसन्धान गर्ने केन्द्रका रूपमा समेत विकसित हुँदै छ। सुरुआती दिन सम्झँदै अजित भन्छन्, "गाई किनेर ल्याइसक्दासमेत गाईलाई के के खुवाउनुपर्छ भन्ने थाहा थिएन, अहिले त जिल्लाकै नमुना कृषक बनेका छौँ।"

March 14, 2014

नेपालको कृषिमा यसरी पस्दैछ विश्व बैंक

किसानको अनुदानका लागि छ अर्बको बजेट

agree-5

               व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले गरिब तथा सीमान्त वर्गका किसानको जगेर्ना गर्न एउटा कृषि फार्मलाई १० लाख रुपैंयाँसम्म अनुदान दिने तयारी गरेको छ । २५ जिल्लाका किसानमाझ यो कार्यक्रम लागू गरिने बताइएको छ ।
जिल्ला छनौट र कार्ययोजना निर्माण अन्तिम तयारीमा पुगेको प्याक्टका आयोजना निर्देशक योगेन्द्रकुमार कार्की बताउँछन् । ‘सचिवज्यूबाट हस्ताक्षर हुन बाँकी छ’ उनले भने । विश्व बैंकको अनुदान र नेपाल सरकारको स्रोत गरी करिब ८ अर्ब रुपैँया बजेट रहेको प्याक्ट धनी र सम्पन्न कृषि उद्यमीहरुको पक्षमा मात्र लागेको गुनासो आइरहेको थियो । ‘हामी सबै किसानलाई बराबर सम्मान गर्छौं’ प्याक्टका निर्देशक कार्कीले भने ‘त्यही भएर हामीले दुई पृष्ठको सामान्य प्रस्ताव लेख्न सक्ने प्रावधान लागू गर्दैछौं ।’
उनका अनुसार तरकारी, फलफूल, माछा, पशुपंक्षी पालनलगायतका कृषि व्यवसाय गर्न अनुदान दिइनेछ । अनुदान रकम ५० हजारदेखि १० लाख रुपैंयाँसम्म हुनेछ । यो अनुदान रकम पाउन जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय वा स्थानीय कृषि, पशुसेवा केन्द्रहरुमा पनि आवेदन दिन सकिने उनले बताए । आवेदनमा उल्लेखित कार्य अनुभव भए नभएको स्थलगत अनुगमन र प्रस्ताव छनौटमा जिल्लास्थित तिनै कार्यालयको भूमिका बढी हुने व्यवस्था लागू गरिनेछ ।
हाल कृषि उद्यम गर्दै आएका निजी व्यवसायी, सहकारी संस्था, कृषक समूहहरुले प्याक्टबाट अनुदान लिनसक्ने प्रावधान छ ।
विश्व बैंकको अनुदान र नेपाल सरकारको आन्तरिक कोषको संयुक्त लगानीमा चार वर्षदेखि प्याक्ट लागू भएको छ । विश्व बैंकको ६० मिलियन डलर अनुदान र नेपाल सरकारको २२ लाख मिलियन गरी कूल ८२ मिलियन डलर अर्थात् ८ अर्ब रुपैंयाँ बजेट छ । आयोजना ७५ वटै जिल्लामा सञ्चालित छ ।
३० लाख रुपैंयाँ (३५ हजार डलर) देखि एक करोड रुपैंयाँ -एक लाख डलर) सम्म अनुदान पाउने व्यवस्था रहेको र त्यसमा सम्पन्न उद्यमी मात्र अटाउन सक्ने अवस्था थियो । गरिब तथा सीमान्त किसानको बाहुल्य बढी भएको नेपाली परिवेशमा यो नीतिको आलोचना भएपछि गरिब समुदायमा पनि पुग्ने नीति ल्याइएको प्याक्टले जनाएको छ ।
निजी उद्यमी र सहकारी संस्थाले एक लाख डलरसम्म, कृषक समूहले ३५ हजार डलरसम्म अनुदान पाउने बताइएको छ । तर, यो अनुदान पाउन निजी उद्यमीले कूल लगानीको ७० प्रतिशत तथा सहकारी र कृषक समूहले ५० प्रतिशत लगानी स्वयं गर्नुपर्ने हुन्छ । अब गरिब समुदायलक्षित अनुदानमा ७५ प्रतिशतसम्म प्याक्टले व्यहोर्ने नीति बनाइएको निर्देशक कार्की बताउँछन् । यसको आवेदन वैशाखमा खुल्ला भई असारसम्म कार्यान्वयन सुरु गरिने उनको भनाइ छ ।
अहिले २५ जिल्लामा २ सय ५४ कृषि उद्यमीहरुले प्याक्टको अनुदान पाइसकेका छन् । आगामी साता थप एक हजारभन्दा बढी उद्यमीले अनुदान पाउन ‘सर्ट लिष्ट’ सार्वजनिक हुने प्याक्टले जनाएको छ । प्याक्ट कृषि उद्यमशीलता प्रवर्द्धनमा अहिलेसम्म आएको सबभन्दा ठूलो आयोजना हो । आयोजना अवधि सन् २०१८ सम्म छ ।

March 9, 2014

ढिलो बाबु बन्दा सन्तान रोगी हुने खतरा

New-born-baby

            युवा पुस्तामा पछिल्लो दिनमा ढिलो विवाह गर्ने र बाबु आमा बन्ने क्रम बढेको छ । तर, धेरै ढिला बाबुबन्दा बच्चामा मानसिक स्थास्थ्यसम्वन्धी विरामीको खतरा हुने एक अध्ययनले देखाएको छ । अमेरिका र स्वीडेनका वैज्ञानिकले गरेको अध्ययनमा ४५ वर्ष उमेरपछि बाबु बन्नेको सन्तानमा मानसिक रोगको खतरा बढी रहने देखिएको हो । वैज्ञानिकहरुले स्वीडेनमा सन् १९७३ देखि २००१ सम्म जन्मिएका २६ लाख व्यक्तिको शिक्षा, स्वास्थ्य र पारिवारिक अवस्थाबारे विश्लेषण गरेका थिए ।

अध्ययनमा २० देखि २६ वर्ष र ४५ भन्दा बढी उमेरमा बाबु बन्नेहरुको सन्तानबारे विश्लेषण गरिएको थियो । अधिक उमेरका बाबु बन्नेहरुको सन्तानमा आल्टिजम, स्किट्सोफ्रिनिया, आत्महत्या र मानसिक कमजोरीजस्ता समस्या बढी देखिएको थियो । अमेरिकी मेडिकल एसोसिएशनको जर्नल जेएएमएमको अनलाइन संस्करणमा प्रकाशित रिपोर्टमा अमेरिकन मेडिकल एशोसियसनका प्रोफेसर एवं अध्ययन प्रमुख ब्रायन डिओफ्रिनिया ढिलो विवाह र प्रजनन् समस्याको रुपमा आएको बताएका छन् ।

उनी भन्छन्, मानिसहरु मलाई बाबु बन्ने सही उमेर कुन हो भनेर सोध्छन्, तर यसको कुनै निश्चित उत्तर छैन । यस्तो कुनै उमेर छैन, जुन समयमा बाबु बन्नु उत्तम हुन्छ ।’ यद्यपि अध्ययनका क्रममा २४ वर्षसम्मको उमेरमा बाबु बनेकाहरुको सन्तानमा भन्दा ४५ वर्षभन्दा बढी उमेरमा बाबु भनेकाहरुको बच्चामा अल्टिजमको आशंका तीन गुणा बढी थियो । उनीहरुमा आत्महत्याको प्रवृत्ति पनि बढि पाइएको छ ।

(Onlinekhabar.com बाट) 

March 7, 2014

स्मार्ट बन्छन् स्कुल

सरकारले वार्षिक अर्बौं रुपैयाँ शिक्षामा लगानी गर्छ। नाफा कमाउन नै सही निजी क्षेत्रबाट पनि शिक्षामा हुने लगानीको परिमाण पनि ठूलै छ। तर पनि नतिजामा भने चित्त बुझाउने ठाउँ छैन।

शैक्षिक प्रणाली समय अनुकूल सुधार नभएको भन्ने आवाज पनि उठ्ने गरेको छ। निजी विद्यालयहरूले प्रविधिको प्रयोगबाट शिक्षाको गुणस्तर बढाउन प्रयास गरेको पाइए पनि सरकारी विद्यालयमा कम्प्युटरकृत प्रविधिको प्रयोग कमैमात्र छ। प्रविधिले ठूलो फड्को मारिसकेको छ।

कक्षामा लेखाइने नोट, गृहकार्य, पढाइएका सामग्री, सन्दर्भ सामग्री, पाठ्यपुस्तकलगायतका सामग्रीको लागि धेरै समय र रकम खर्चिनुपर्ने अवस्था छैन। स्मार्टफोन होस् वा इन्टरनेट जडित कम्प्युटर। यस्ता प्रविधिको प्रयोगले विद्यार्थीले धेरै लाभ लिन सक्छन्। केही निजी विद्यालयहरूले आफ्नो वेबसाइटमार्फत विद्यालयबारेमा होमवर्क, विद्यार्थीको गतिविधि, सूचनाजस्ता कुराहरू अभिभावकलाई उपलब्ध गराउँदै आएका छन्।


यतिमात्र पर्याप्त छैन। सरकारी विद्यालयले पनि प्रविधिको प्रयोगबाट धेरै फाइदा लिन सकून् भन्ने उद्देश्यले केही नेपाली युवाहरूले 'स्मार्ट स्कुल' नामको इन्टरनेटमा आधारित प्रोग्रामको विकास गरेका छन्। काठमाडौंका सफ्टवेयर इन्जिनियर सुशील भट्टराई र उनका साथीहरूले 'स्मार्ट स्कुल' विकास गरेका हुन्।

सूचना प्रविधिमा रुचि र दक्खल राख्ने कृष्ण कार्की, श्रीराज कार्की, सुलभ सिटौला, प्रबल त्रिपाठी मिलेर नेपाली विद्यालयहरूलाई स्मार्ट बनाउने तयारीमा छन्। यीमध्ये सुशील, कृष्ण र श्रीराज प्रोग्रामको प्राविधिक पक्ष हेर्छन् भने प्रबल र सुलभ व्यवस्थापन तथा आर्थिक पाटो हेर्छन्।

उनीहरूले विकास गरेको स्मार्ट स्कुलले विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावकबीचमा निरन्तर सम्पर्क र अन्तर संवाद गराउँछ। स्मार्ट स्कुल सफ्टवेयर प्रयोग गर्न चाहने नेपालका विद्यालयले 'डब्लूडब्लूडब्लू केयूएलएलएबीएस डट कम' मा गएर दर्ता गरी यो सफ्टवेयरको टेस्ट भर्सन प्रयोग गर्न सक्छन्। स्मार्ट स्कुलमा प्रत्येक विद्यालयको छुट्टाछुट्टै अकाउन्ट हुन्छ।

ती विद्यालयले पनि आफ्ना शिक्षक, विद्यार्थी र अभिभावकको लागि अलगअलग अकाउन्ट बनाउन सक्छन्। यो सफ्टवेयर विद्यालयले आफ्नो लेखा, हरहिसाब, प्रशासनिक क्रियाकलाप सञ्चालन, विद्यार्थीको लागि यातायातको व्यवस्थापनमा प्रयोग गर्न सक्छ। यस्तै शिक्षकहरूले आफ्नो शैक्षिक योजना तयारी, विद्यार्थीलाई नोट उपलब्ध गराउने, पारिश्रमिकको बारेमा जानकारी बुझ्न सक्छन्।

यस्तै विद्यार्थीले आफ्नो गृहकार्य, शिक्षकले दिएका नोट, कक्षामा भएको पढाइजस्ता कुराहरू बुझ्न सक्छन्। यस्तै अभिभावकले पनि आफ्ना छोराछोरीको विद्यालयमा उपस्थिति, उनीहरूको प्रगति विवरण, नतिजाजस्ता कुराहरू यो प्रोग्रामको माध्यमबाट बुझ्न सक्छन्।

स्मार्ट स्कुल बिहीबारदेखि सार्वजनिक गरिएको छ। स्मार्ट स्कुलको प्रयोग गर्न विद्यालयमा इन्टरनेटसहितको एक कम्प्युटर हुनुपर्छ। 'हाम्रो प्रयास सरकारी विद्यालयको शैक्षिक स्तर उकास्ने हो', स्मार्ट स्कुलका विकासकर्ता सुशील भन्छन्, 'निजी क्षेत्रका शैक्षिक संस्थाले त धेरथोर प्रविधिको प्रयोग गरेकै छन्।'

सरकारी विद्यालयमा पनि एउटा कम्प्युटर र इन्टरनेटको व्यवस्था गर्न त्यति गाह्रो नभएकोले आफूहरूको प्रयास सफल हुने उनको विश्वास छ। अहिले उपलब्ध परीक्षण भर्सन विद्यालयले नि:शुल्क प्रयोग गर्न सकिने व्यवस्था छ। प्रारम्भिक समयमा प्रयोगपछि प्राप्त हुने सुझाव प्रतिक्रियाको आधारमा यसलाई परिमार्जन गर्दै अत्यन्त न्यून शुल्कमा यसको प्रयोग गर्न सक्ने व्यवस्था मिलाइने उनी बताउँछन्। शुल्कको सन्दर्भमा पनि उनीहरूको अवधारणा राम्रो छ।

'प्रतिविद्यार्थी दैनिक एक रुपैयाँ शुल्क लिएर स्मार्ट स्कुल प्रयोग गर्न सक्ने व्यवस्था मिलाउँछौं', सुशील भन्छन्, 'एक विद्यार्थीबराबर मासिक ३० रुपैयाँ ठूलो रकम होइन।' इन्टरनेटमा आधारित (वेब बेस्ड) सफ्टवेयरमा रहेका डाटाहरू उनीहरूको संस्था कुल टेक्नो ल्याब एन्ड सिसर्च सेन्टरको सर्भरमा रहन्छ। स्मार्ट स्कुल प्रयोगमा सबै क्षेत्रबाट सहयोग पुर्‍यो भने दुई वर्षभित्रमा नेपाली शिक्षा क्षेत्रमा देख्न सकिने परिवर्तन आउने सुशील बताउँछन्।

स्मार्ट स्कुल सार्वजनिक गर्दै सभासद् नरहरि आचार्यले शिक्षाको स्तर उकास्न र नेपाली शिक्षा क्षेत्रलाई प्रविधि मैत्री बनाउन यसले सहयोग पुर्‍याउने बताए। परिवर्तन ल्याउने गरी यो सफ्टवेयरको प्रयोगका लागि पूर्वाधार पनि उत्तिकै आवश्यक छ। सबै विद्यालयका शिक्षकलाई कम्प्युटरको तालिम अनिवार्य हुन्छ।

स्मार्टफोनबाट समेत प्रयोग गर्न सकिने यो प्रोग्रामको प्रयोगको लागि शिक्षक र विद्यार्थीलाई कम्प्युटर वा हाते इन्टरनेट उपकरणको आवश्यकता पर्छ। प्रयोगस्थलमा इन्टरनेटको उपलब्धता त छँदैछ। यति पूर्वाधारको विकास भएमा अहिलेको संरचनामा भौतिक पूर्वाधार र मानवीय जनशक्तिमा थपघट नगरी केही वर्षमा अनुभव गर्न सकिने किसिमको परिवर्तन ल्याउन सकिने उनको भनाइ छ। उनी भन्छन्, 'स्मार्ट स्कुलको प्रयोग मात्र होइन शिक्षालाई प्रविधिमैत्री बनाउन थोरै इच्छाशक्ति मात्र भए पनि पुग्छ।'

साभार: http://www.annapurnapost.com/

भुइँमा स्याउ फलेपछि किसान चकित

म्याङलुङ : स्याउ जमिनमुनि पनि फल्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर तेह्रथुम आठराई संक्रान्तिका दुईजना अगुवा किसानले भुइँस्याउ रोपी माटोमुनि स्याउ फलाएर सबैलाई चकित पारेका छन्। संक्रान्ति ८ का अगुवा किसान भवानी ढुंगेल र पुण्यप्रसाद सिटौलाले जिल्लामै पहिलो पटक भुइँस्याउ खेती सुरु गरेका हुन्।

'सुरुमा आफूलाई स्याउ जमिनमुनि फल्छ भन्ने विश्वासै लागेन', ढुंगेलले भने, 'परीक्षणका लागि इलामबाट बीउ ल्याएर लगाएपछि थाहा भयो स्याउ रूखमा मात्र हैन, जमिनमुनि पनि फल्दो रहेछ।'

जमिनमुनि स्याउ फलेपछि आश्चार्य मान्दै स्याउ हेर्न आउने गाउँलेको भीड नै लागेको सिटौलाले बताए। ढुंगेल र सिटौलाले एक वर्षअघि इलामबाट आधाआधा किलो भुँइस्याउको बीउ ल्याएर बारीमा परीक्षणका लागि लगाएका थिए।

'दुवैजनाको बीउबाट ६८ वटा बिरुवा उत्पादन भए', ढुंगेलले भने, 'ती बिरुवाबाट एक हजार किलो स्याउ र ७० किलो बीउ उत्पादन भएको छ।' ढुंगेलका अनुसार भुइँस्याउको एउटा बोटमा १२ किलोदेखि २० किलोसम्म स्याउ फलेको थियो। भुइँस्याउ र स्याउको बीउबाट करिब दुई लाख रुपैयाँ आम्दानी भएको उनीहरूले बताए।

स्याउको बीउ घरैमा प्रतिकिलो दुई हजार रुपैयाँका दरले र फल भने प्रतिकिलो एक सयदेखि दुई सय रुपैयाँसम्ममा बिक्री भएको सिटौलाले बताए। फलमध्ये धेरैजसो प्रचारप्रसारका लागि नि:शुल्क वितरण गरिएको उनले जानकारी दिए। दुईजना किसानबाट तेह्रथुमका एक दर्जन बढी गाविसका करिब एक सयजना किसानले भुइँस्याउको बीउ खरिद गरिरहेका छन्।

तेह्रथुमका लागि नयाँ खेती भए पनि बजारका लागि कुनै समस्या नभएको सिटौलाको भनाइ छ। भुइँस्याउको बीउ र फल सबै घरमै बिक्री भएको उनले बताए। भुइँस्याउको बोट सूर्यमुखी फूलको जस्तै हुने र एकै वर्षमा फल दिने ढुंगेलले बताए। भुइँस्याउ सखरखण्ड र स्कुसको जराजस्तै जमिनमुनि फल्ने, बोक्रा ताछेपछि स्याउजस्तै देखिने र स्वाद पनि स्याउजस्तै हुने उनले बताए।

भुइँस्याउमा स्याउ, खरबुजा र गाजरको तीनवटा फलफूलको स्वाद सम्मिश्रण भएको पाइन्छ। डायबिटिज, जन्डिस, पत्थरी, कब्जियत र ग्यास्टिक पीडितले भुइँस्याउ सेवन गर्दा फाइदा पुग्ने किसानको दाबी छ। भुइँस्याउ पानी नजम्ने बलौटे माटो भएका तराईदेखि पहाडी जिल्लाको तीन हजार मिटरको उचाइसम्म खेती गर्न सकिने किसान बताउँछन्।

जिल्ला कृषि विकास कार्यालय तेह्रथुमका वरिष्ठ कृषि विकास अधिकृत पतेन्द्रबहादुर शाहले भने नेपालमा (ग्राउन्ड एप्पल) भुइँस्याउको खेती परीक्षणकै क्रममा रहेकाले अहिले नै यसबारे केही भन्न नसकिने बताए। भुइँस्याउको खेती विस्तार भए खाद्य सुरक्षाको हिसाबले राम्रो हुने शाहले बताए ।

 साभार: http://www.annapurnapost.com/

February 28, 2014

पाँच सिमेन्ट उद्योगमा पूर्वाधार निर्माण यसै वर्ष सकिने

काठमाडौं, ६ साउन- सरकारले चालू आव ०७०/७१ मा मुलुकका विभिन्न स्थानमा निर्माणाधीन पाँच सिमेन्ट उद्योगमा पहँुच सडक निर्माण कार्य सक्ने भएको छ । औद्योगिक पूर्वाधार निर्माण गर्ने नीतिअनुसार मुलुकका विभिन्न स्थानमा निर्माणाधीन पाँच सिमेन्ट उद्योगमा पहँुच सडक, विद्युत् प्रसारण लाइन र सवस्टेसन निर्माण कार्य यसै आवमा सक्ने सरकारको तयारी छ । 
आइतबार उद्योगमन्त्रीसमेत रहेका अर्थमन्त्री शंकरप्रसाद कोइरालाले औद्योगिक पूर्वाधार निर्माणका लागि १ अर्ब २३ करोड बजेट छुटाएको र चालू आव भित्रै पाँच सिमेन्ट उद्योगमा पूर्वाधार कार्य सम्पन्न गर्ने बताए । आव ०६५÷०६६ को बजेटमा  औद्योगिक पूर्वाधार विकास कार्यक्रममार्फत नेपालमा सिमेन्ट उत्पादन गर्ने प्रचुर सम्भावना देखिए पनि संरक्षण गर्न नसकिएको भन्दै निजी लगानीमा स्थापना हुन लागेका सिमेन्ट कारखानामा सडक र विद्युत् आपूर्तिजस्ता आधारभूत भौतिक पूर्वाधार उपलब्ध गराउने घोषणा गरेको थियो । त्यही घोषणालाई पूर्णता दिन सरकारले यसै आवमा पाँच सिमेन्टको पूर्वाधार विकास कार्य सम्पन्न गर्ने तयारी गरेको उद्योग मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत आव ०६९÷०७० सम्म १३ वटा सिमेन्ट उद्योगको खानीसम्म औद्योगिक पूर्वाधारका काम सुरु गरिसकेको छ ।
“हामीले बहुुवर्षीय योजनाअनुरूप १३ वटा सिमेन्ट उद्योगको पूर्वाधार विकासको काम अघि बढाएका छौं,” मन्त्रालयकी प्रवक्ता यामकुमारी खतिवडाले भनिन् । उनका अनुसार मन्त्रालयले यसै आवदेखि थप चार वटा उद्योगमा सडक विस्तारको कार्य अघि बढाउनेछ । जसमध्ये यसै आवदेखि धनकुटाको निगाले सिमेन्ट उद्योग सडक, जनकपुरको मारुती सिमेन्ट उद्योग सडक ,बुटबलको पाल्पा सिमेन्ट उद्योग सडक र सीजी सिमेन्ट उद्योग सडकको निर्माण कार्य सुरु गर्ने तयारी मन्त्रालयले गरेको छ ।  
अहिलेसम्म दाङ जिल्लामा दाङ सिमेन्ट, रोल्पा सिमेन्ट, घोराही सिमेन्ट, र सोनापुर सिमेन्टको खानीसम्म सडक पूर्वाधार विकासको कार्य सुरु गरिसकेको छ यसैगरी पाल्पाको सीजी सिमेन्ट, सर्वोत्तम सिमेन्ट, बुटबल सिमेन्ट ललितपुरको लक्ष्मी सिमेन्ट, मकवानपुरको हेटांैडा शिवम् सिमेन्ट, लाहानको सौर्य सिमेन्ट, शिवपुरको मकालु सिमेन्टको कारखानासम्म सडक पु¥याउने कार्य यसअघि नै सुरु भएको मन्त्रालयले जनाएको छ ।  यीबाहेक थप तीनवटा सिमेन्टमा पूर्वाधार विकासको काम पनि यसै वर्षदेखि सुरु गरेपछि यो संख्या १६ पुग्नेछ । पूर्वाधार विकास कार्यक्रममार्फत नेपालमा सिमेन्ट उद्योगलाई प्राथमिकता दिने र आयतित सिमेन्टलाई प्रतिस्थापन गर्ने उद्देश्यअनुरूप सरकारले सडक पहुँच मार्ग निर्माणलाई तीव्रता दिएको हो । सरकारको नीतिअनुसार ०७३ साल पस्चात नेपाली सिमेन्ट उद्योगले  आयातित क्लिंकरको प्रयोग गर्न पाउने छैनन् ।

बक्समा 
सिमेन्टको नाम         सडकको लम्बाइ (किमी)        आयोजना सुरु भएको मिति (आवमा)                                         
दाङ सिमेन्ट                     ३८.००                                             २०६५/०६६                                                       
रोल्पा                               १८.००                                           २०६६/०६७                                                        
घोराही                              २६.००                                           २०६७/०६८                                                        
सोनापुर                            २५.००                                           २०६७/०६८                                                        
सीजी                                २०.००                                           २०६६/०६७                                                        
सर्वोत्तम                            १२ .००                                          नयाँ                                                                
बुटबल                              ९.००                                             नयाँ                                                                
युनाइटेड                           ४.५                                              २०६६/०६७                                                         
लक्ष्मी                              ३९.००                                           २०६७/०६८                                                        
भारदेउ                             २०.१६                                           २०६८/०६९                                                        
शिवम्                              २३.००                                           २०६५/०६६                                                        
सौर्य                                 ९.४०                                             २०६५/०६६                                                        
मकालु                             ३०.००                                            २०६८/०६९                                                        
निगाले                             १२.००                                           नयाँ                                                                 
मारुती                             २०.००                                           २०६९/०७०                                                         
पाल्पा                              ३०.००                                           नयाँ                                                                 
सीजी                               २.२                                              २०६९/०७०                                                          
जम्मा                             ३३८.२६                                                                                                                 


काली देवी उच्च मा. वि. माल्टामा शैक्षिक वहस


                               कार्यक्रमका प्रमुख अतिथि डा. चिन्तामणि योगी तथा अन्य अतिथिहरु 
         
           राजधानी सगै जोडिएको जिल्ला भएतापनि ललितपुर जिल्लाको शैक्षिक स्थिति उतिसारो राम्रो देखिदैन । ललितपुरको शहरी क्षेत्रका विद्यालयहरुको अवस्था राम्रो भएपनि विशेषगरि दक्षिण ललितपुरको पहाडी क्षेत्रका अधिकांश विद्यालयहरुको शैक्षिक उपलब्धि निराशाजनक नै देखिन्छ । त्यसैले शिक्षामा ललितपुरको गति किन सुस्त भयो र शैक्षिक अवस्थालाई कसरी सुधार्न सकिन्छ भन्ने विषयमा श्री काली देवी उच्च मा. वि., माल्टामा तेस्रो शैक्षिक वहसको कार्यक्रम सम्पन्न भएको छ । शिक्षाविद डा. चिन्तामणि योगी को प्रमुख आतिथ्यमा भट्टेडाडा श्रोत केन्द्रले उक्त बहस कार्यक्रमको आयोजना गरेको थियो ।  उक्त कार्यक्रममा कन्चन मा. वि., चापागाउँका प्रिन्सिपल नवराज महत, जनजागृति उच्च मा. वि., इकुडोलका शिक्षक नवराज संजेल तथा अन्य शैक्षिक क्षेत्रका अतिथिहरुको उपस्थिति रहेको थियो ।
                मन्तव्य राख्नुहुदै जनजागृति उच्च मा. वि., इकुडोलका शिक्षक नवराज संजेल
तस्विर स्रोत: फेसबुक 

(यो पोस्ट परिक्षणका लागि मात्र राखिएको जानकारी गराउदछु)
                                                                              _हाम्रो माल्टा सुन्दर माल्टा 


February 27, 2014

श्री कलि देवी विद्यालयको इतिहास र वर्तमान

         यस गाविसमा भएको एकमात्र गाविसकै जेष्ठ विद्यालयको रुपमा स्थापित विद्यालय हो – श्री काली देवी उच्च माध्यामिक विद्यालय । गाँउको नामाकरणमा मत मतान्तर भए पनि विद्यालयको नामाकरणमा कुनै पृथक मत देखिदैन् । स्थानिय एक मात्र चर्चित काली देवी मन्दिरको नामबाट नामाकरण भएको विद्यालयको बेग्लै पहिचान छ । प्रत्येक वर्षको बुद्ध पूर्णिमालाई यहाँ बारना पूर्णिमाको नामले मनाइन्छ । यदि यो संस्कृति र संस्कारको अपहेलना गरे अनिष्ट व्यहोर्न पर्छ भन्ने उक्तिको कुनै समयमा प्रमाणित पनि भएको थियो । 
यसरी यो विद्यालयको नामाकरण स्थानीय देवीको नाममा त भयो तर स्थापना कसले ग¥यो ? यस विषयमा कुनै मत भिन्नता छैन– हाम्रा अति आदरणीय शिक्षाप्रेमी, समाजसेवी संस्थापक अध्यक्ष श्री नन्दलाल खनाल ज्यू हुनु हुन्छ । उहाँको यति ठूलो दूरदृष्टि, दीर्घसोच, उज्जवल भविष्यको कामनाबाट स्थापित यस विद्यालयका प्रथम प्र.अ. भने पूर्णचन्द्र लामिछाने शिक्षण तथा प्रशासनको वागडोर सम्हालने पहिलो व्यक्तित्व हुनुहुन्थ्यो । श्रद्धेय संस्थापक अतिआदरणीय अभिभावक श्री नन्दलाल खनाल ज्यूबाट जुन अमृतमय वृक्ष रोप्नुभयो त्यसको अमृतरुपी फलाहारबाट हामी सम्पूर्ण माल्टाबासी युग युगान्त आभारी र ऋणी हुने छौ । उहाँको सोच, सुकार्य जस्ता कुराको जति नै वर्णन गरे पनि अपूर्ण नै हुनेछ । ०१९ को असार त्यो कसरी स्थापना भयो भन्दा यस विषयमा केही चासोका विषयहरु छन् । ०१५÷१६ सालतिर राजा महेन्द्र कान्तिराज मार्गको पैदल सवारी हुँदा सुन्दर रमणीय गाँउको दृश्यावलोकन भएकोले पनि त्यस स्थानमा विद्यालय खोल्ने अनुमति दिएको देखिन्छ । त्यतिमात्र कहाँ होर जव २००७ मा राणाशासनले आफ्नो निरङ्कुशताको शासन पद्धतिबाट घुँडा त टेक्यो तर नेपाली जनमानसमा उत्ताउलोपना देखिनुले शिशु प्रजातन्त्रको पनि १० वर्षे कलिलो उमेरमा घाँटी अठ्याएको देखिन्छ । यही परिणाम स्वरुप पनि राजा महेन्द्रले जनताको मुखमा चारो छर्ने वाहना स्वरुप नेपालका विभिन्न स्थानमा धेरै विद्यालय खुलेका थिए र त्यही परिणाम स्वरुप यस विद्यालयको जग वसेको हुन सक्ने सम्भावना पनि त्यतिकै छ ।
जव ०१९ सालमा यो विद्यालय स्थापना भयो, विधिवत न्वारान त भयो तर हुर्काउने बढाउने कहाँ र कसरी ? अहिले बनेको २ कोठे पक्की भवन भएको स्थानमा नै कटुसको स्याउलाले वारेर छाएको छाप्रोमा सिलेटमा सेतो खरीले कोरेर विद्यालय आरम्भ भएको थियो । गाँउघरबाट अन्नबाली सहयोग मागेर काठपात सहयोग लिएर यस विद्यालय अगाडि बढेको देखिनछ । तत्कालिन संस्थापक अध्यक्ष ज्यूलाई सहयोग गर्ने अमर बहादुर घर्ती, एक बहादुर घर्ती, गोकुलनाथ लामिछाने, ऋषि ढोडारी, शम्मुप्रसाद लामिछाने, बद्री प्रसाद लामिछाने, रुद्रनाथ लामिछाने जस्ता स्थानिय व्यक्ति विशेषको योगदान रहेको पाइन्छ । २०२३ सालमा त्यस वि. व्य. स. अ. श्री शम्भु प्रसाद लामिछाने छनौट हुनुभयो, उहाँको पहलमा विद्यालयले अर्को काँचुली फे¥यो । ०२३ सालमा उहाँले बागडोर हातमा लिएपछि तत्कालिन प्र.म. श्री सूर्य बहादुर थापा कहाँ सहयोगका लागि विन्ति गर्दा चासो नदिएको र आफ्नै गाउँटोलबाट मागीझोली काम चलाउनु भन्ने आदेशले त्यस गाउँपट्टि हेर्ने सरकारी दृष्टिकोणको उपेक्षा स्पष्ट हुन्छ । २०२८ मा नयाँ शिक्षा ऐन लागू भए पछि अन्तमा केही राहत भएको कुरा तत्कालिन प्र.अ. श्री शिवहरि चालिसे बताउनु हुन्छ । २०२३ वाट २ दशक व्यवस्थापनको जिम्मवारी सम्हालनु भएका श्री शम्भु प्रसाद लामिछाने कै कार्यकालमा ०३२ वाट यस विद्यालयले कक्षा ५ सम्म सञ्चालन गर्ने स्वीकुति पायो जसमा तत्कालिन प्र.अ. श्री होम प्रसाद घिमिरेको उल्लेख्य योगदान रहेको कुरा स्थानीय बासिन्दा बताउँछन् । सयका लट्ठी एकका भारी भने झै हरेक घर¬(घरको मुठी, मानो, पाथी, मुरीको दानबाट र एक खिल्ली चुरोटका भरमा पनि विद्यालयले ठूलो सहयोग पाएको विद्यालयले ०४३÷०४४ सालतिर शम्भूप्रसाद लामिछाने जिल्ला पञ्चायत उपसभापतिको जिम्मेवारी पाए पछि विद्यालयलाई दिने समय भएन र फलतः ऋषि ढोडारी ज्यू यस वि.व्य.स.अ. बन्नु भयो ।
    तस्विर: Shree Kali Devi Higher Malta

           २०४४ को वसन्त संगै यस विद्यालयले निम्न माभ्यमिक कक्षा ७ सम्म सञ्चालन गर्ने स्वीकृति पायो । यसरी तहगत रुपमा बृद्धि सगै यस विद्यालयको भौतिकरुपमा पछि खर¬(परालको छाना र बार¬(बेरवाट मुक्त हुदै सेतो छाना र ढुङ्गाको गाह्रोमा परिणत भएको देखिन्छ । यसरी यस विद्यालयको व्यवस्थापन समितिमा ऋषि ढोडारीको कार्यकाल पछि रुद्रनाथ लामिछाने छनौट हुनु भएको थियो । २०४८ साल पछि यस वि.व्य. समिति अध्यक्ष श्री घननाथ घिमिरे रहनु भएको देखिन्छ, । ०५३ सालमा तत्कालिन प्र. अ. श्री वहत्तरलाल राजथला र अध्यक्ष श्री धननाथ घिमिरे तथा स्थानीयवासीको सक्रिय  सहयोगमा माध्यमिक तहको अनुमति समेत प्राप्त गरि २०५४ मा प्रवेशिका परीक्षामा सामेल हुने सु–अवसर समेत प्राप्त ग¥यो । उहाँको कार्यकाल पछि क्रमशः बलबहादुर लामिछाने र माधव प्रसाद घिमिरे यस श्री काली देवी उच्च माध्यमिक वि. व्यवस्थापन समितिको जिम्मेवारी सम्हाल्नु भएको कुरा अभिलेखबाट स्पष्ट हुन्छ । २०६४ वाट यस वि.व्य.स. अध्यक्ष श्री केदार नाथ घिमिरेको हातमा पुगेको देखिन्छ । झण्डै ३ दशक सम्म अस्तव्यस्त भएको र अभिलेखिकरणमा दिलचस्पी नगएको विद्यालयको जिम्मेवारी प्र.अ. जगन्नाथ घिमिरेको हातमा पुगेपछि विद्यालयले काँचुली फेर्ने जमर्को ग¥यो । प्राथमिक तहका ५ जना र निम्न माध्यामिक तहका २ जना गरि जम्मा ७ जना शिक्षकबाट मात्र सञ्चालन भएको यस यस विद्यालयमा माध्यामिक तह सञ्चालन गर्न शिक्षकहरुले दिएकोे योगदान पनि अतुलनीय नै छ । 

   उच्च माध्यमिक विद्यालय सञ्चालनको प्रसङ्ग पनि अलि रोचक र घोचक नै छ । हामी बहिरबाट गएर काम गर्ने शिक्षकहरु बिदाका समयमा मात्र नभई कक्षा छुट्टी भएपछि पनि भावी योजना निर्माण र स्तर उन्नतिका बारेमा छलफल गथ्र्यौ । कतिपय स्थानियका आँखा ठूला बन्दथे र काम नभएकाको जमात भन्ने व्यङ्ग्य हुन्थ्यो । भौतिक र शैक्षिक तथा प्रशासनिक पक्ष सुधार गर्न हामीले जिम्मेवारीको बाँडफाँड पनि हुन्थ्यो । हामीले यस्ता सुधारका काम गर्दा कतिले थुकको डोरी त कतिले मनको लड्डु ध्यू सँग र कतिले विद्यालय खरानी भयो भन्ने समेत आक्षेप लगाए । सायद त्यही खरानीमा भएको झिल्कोले आज न्यानो पारिलो ताप र उज्यालो पाएको होला । त्यही झिल्को आज झल्झलाकार वल्ने दियो जो न्यानो शिक्षाको ज्योति दिएर प्रज्वलित भइरहेको छ । प्रत्येक हप्ता शनिबार शिक्षकहरुका लागि सरसफाइ र फूसर्द लिने दिन भएतापनि स२०६६र०८र१३ गतेको शनिबार भने माल्टाका लागि सुनौलो दिनका रुपमा परिणत भयो । बिहानको खानपान गरेर १० वजेतिर डेस्कबेन्चका लागि मुढो काट्न जाने योजना भयो र हामी गयौ पनि । भावीयोजनाका वारे छलफल गर्दै गयो । उच्च मा.वि.को प्रस्ताव दिनेश जीले गर्नुभयो । म (कृष्ण) लगाएत जगन्नाथ घिमिरे, विद्यास।गर, वाबुराम शर्मा र अर्जुन सिंखडाले सहमति जनाउनु भयो । यसको कानुनी र व्यवहारिक समस्या समाधानको प्रक्रियामा गयौं । २०६६ पौष १५ गते हामीले गाँउस्तरीय भेला गर्ने निधो ग¥यांै र सोही अनुरुप भयो पनि केही व्यक्ति विशेषवाट पूर्ण सहयोगको भाषा वोल्नु भयो भने केहीबाट यहाँ ं२ कि (२ भन्ने तर्क पनि आए र अघोषित रुपमा रखाए । (२ गर्दा आफंै सर्वेसर्वा हुने अभिलाषा होला । सोही अनुरुपको पूर्ण खेल प्रवेशिका परक्षिाको मुखमा १० कक्षाका विद्यार्थीको प्रमाणपत्र सामूहिक मागको पत्रलाई त्यससमयको बोलिले प्रमाणित गरेको थियो ।
    तस्विर: Shree Kali Devi Higher Malta
        
             हामीलाई झन त्यस कुराले उर्जा मिल्यो फलतः २०६६ बाट हामी धरौटी र कानुनी प्रक्रियामा सक्रिय भयौ । त्यस समयका वि.व्य.स.अ. श्री केदारनाथ घिमिरे, प्रधानाध्यापक जगन्नाथ घिमिरे र शिक्षक प्रतिनिधिको हैसियतवाट म आफु पनि आ–आफ्नो क्षेत्रमा अगाडि बढ्यौ भने हाम्रा अति आदरणीय र सहयोगी मित्र शिक्षक, अभिभावक र विद्यार्थीको सहयोगबाट २०६७ बाट उच्च माध्यमिक विद्यालय सञ्चालनका लागि अनुमति र २०६७÷०४÷२० बिहिवार बाट त उच्च माध्यमिक तर्फ कक्षा ११ को शिक्षा शास्त्र सङ्काय र व्यवस्थापनको कक्षा सञ्चालन भयो । आशा छ, अबको केही समयमा नै स्नातक तहको सञ्चालनका लागि पूर्वाधार खडा हुनेछ । शिक्षामा ललितपुरको दक्षिण पश्चिम कुनोले उज्यालो प्रकाश प्राप्त गर्ने छ । शैक्षिक क्षेत्रमा अर्को इतिहासको पाटो कोरिने छ । आशा छ, चाँडै यस विद्यालयले सुनको गजुर राख्ला । 

सम्वत –२०६८÷१२÷१५÷४ शुभम्
कुष्ण प्रसाद घिमिरे

अन्तिम पोस्ट

 
Distributed By Free Blogger Templates | Design by Govinda Prasad | BTT